रोजगारीका लागि भारत जाँदै गरेका जयप्रकाश रुपेडियाको नाकाबाट सम्पर्कविहीन

 मंसिर १८, २०८० सोमबार ११:२८:५५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – रोजगारीको लागि छिमेकी देश भारत जाँदै गरेका दाङका एक व्यक्ति सात दिनदेखि नेपाल भारत सिमानाका रुपेडियाबाट सम्पर्कविहीन हुनु भएको छ । गएको मंसिर ११ गते भारत जाँदै गरेका दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ देवीपुर निवासी ४८ वर्षीय जयप्रकाश वली रुपेडिया नाकाबाट सम्पर्कविहीन हुनुभएको हो ।

वली आफ्ना ज्वाइँ शान्तिनगर गाउँपालिका वडा–७ सानो तुलसीपुरका खगेन्द्र केसीसँग भारत हिँड्नुभएको थियो । रुपेडिया पुगेपछि भारतको रामपुर जानको लागि बसको टिकट काटेर बाटोमा खानको लागि नास्ता लिन गएको र नास्ता लिएर आउँदा बस छुटिसकेको र जेठान पनि त्यहाँ नभेटिएको उहाँका ज्वाइँ खगेन्द्रले तीन दिनपछि परिवारलाई जानकारी दिनुभएको छ ।

यसअघि पनि वली रोजगारीको लागि भारतको सिम्ला जाने आउने गर्नुहुन्थ्यो । सम्पर्कविहीन भएका वलीको साथमा मोबाइल नभएको र लेखपढ गर्न पनि नजान्ने भएकाले खोज्न समस्या भइरहेको शान्तिनगर वडा नम्बर ६ का वडासचिव अनन्त पुनले जानकारी दिनुभयो । 

पुनकाअनुसार भारतमा रहेका आफन्तहरुलाई पनि सम्पर्क गर्दा उहाँ कतै भेटिनुभएको छैन । उहाँलाई देख्नु र भेट्नु हुने व्यक्तिले ९७७–९८४४९६७२२१ मा सम्पर्क गरिदिन आफन्तको आग्रह छ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया