तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलाे देश बन्याे चीन

 मंसिर २०, २०८० बुधबार ११:४२:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले तालिबान सरकारले ताेकेका कुटनीतिज्ञलाई अफगानिस्तानका राजदूतकाे हैसियत दिएकाे छ । याेसँगै चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलाे देश बनेकाे छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मङ्गलवार एक मिडिया ब्रिफिङका क्रममा के चीनले तालिबानलाई अफगानिस्तानकाे वैध सरकारकाे रूपमा मान्यता दिन्छ भनेर साेधिएकाे थियाे । याे प्रश्नकाे जवाफमा मन्त्रालयका प्रवक्ता वेनबिनले भन्नुभयाे, ‘अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बहिष्कृत गर्न नहुने चीनको मान्यता छ ।’

यसअघि पनि तालिबानले ताेककाे बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो ।

सन् २०२१ काे अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबान दाेस्राे पटक अफगानिस्तानकाे सत्तामा आएकाे थियाे । त्यसपछि पाकिस्तान र रुससँगै काबुलमा आफ्नो दूतावास कायम गर्ने तेस्रो देश चीन थियो ।

भर्खरै भारतमा रहेकाे अफगानिस्तानको दूतावास बन्द गरिएको छ । अहिले तालिबान सरकारले भारतमा नयाँ दूतावास खोल्ने इच्छा व्यक्त गरेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया