दाङकाे तुलसीपुरमा श्रीमतीकाे हत्या आराेपमा श्रीमान् पक्राउ

 माघ ७, २०८० आइतबार १२:१२:३१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का ४३ वर्षका पेण्डुवा चौधरी श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।

उनले श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रडले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गएराति रक्सीले मातेका चौधरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका हुन् । चौधरीले श्रीमतीलाई कुटपिट गरेपछि रोक्न पुगेका दुईजना छिमेकीमाथि पनि चौधरीले रड प्रहार गर्दा घाइते भएका छन् ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया