चीनमा आईफोन बिक्री उच्च दरले घट्दै, चिनियाँहरूले स्वदेशकै स्मार्टफोन चलाउन थाले

 फागुन २४, २०८० बिहिबार १२:१६:२४ | एजेन्सी
unn.prixa.net

अमेरिकासँगको व्यापार सम्बन्ध चिसिँदै गएपछि चीनमा आईफोनको बिक्री उच्च दरमा घटिरहेको छ । अनुसन्धान फर्म काउन्टर पोइन्टका अनुसार एप्पलको आईफोनको बिक्री चीनमा ठूलो मात्रामा घटिरहेको बीबीसीले जनाएको छ ।

एक वर्षअघिको तुलनामा २०२४ को पहिलो छ हप्तामा चीनमा आइफोनको बिक्री २४ प्रतिशतले घटेको छ । चीनको हुवावे कम्पनीले भने घरेलु बजारमा आफ्नो बिक्री ६४ प्रतिशतले बढाएको रिपोर्टमा उल्लेख छ ।

अमेरिकासँगको खराब व्यापार सम्बन्धका कारण चीनमा आईफोनको मूल्य बढिरहेको छ । चिनियाँहरूले अब हुवावे, ओप्पो, भिभो लगायतका स्मार्टफोन रुचाउन थालेका छन् । एप्पलको सबैभन्दा ठूलो बजार चीनमा स्मार्टफोन बिक्री घट्नुलाई प्रविधिको बजारमा महत्त्वका साथ हेरिएको छ । चीनमा मागमा आएको गिरावटले एप्पलको राजस्वलाई असर गर्न सक्छ ।

चीनमा एप्पलको हिस्सा चौथो स्थानमा रहेको छ । चीनको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन निर्माता कम्पनी बनेको र भिभो पहिलो नम्बरमा रहेको काउन्टर पोइन्टले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया