चीनको प्रमुख राजनीतिक बैठकमा इन्टरनेटमा 'भीपीएन' प्रयोग नियन्त्रणबारे बहस

 फागुन २७, २०८० आइतबार १५:२५:५६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

चीनको शीर्ष राजनीतिक बैठकमा इन्टरनेटमा 'भर्चुअल प्राइभेट नेटवर्क' (भीपीएन) प्रयोग नियन्त्रणबारेमा बहस भएको छ । इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने भीपीएन नियन्त्रण हुनुपर्नेबारेमा बहस भएको चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इन्टरनेटमा विश्वका अरू देशको तुलनामा चीन बढी नै नियन्त्रण गर्ने गर्छ । चीनको मुख्यभूमि 'वेब' प्रयोगकर्ताहरूले भीपीएन प्रयोग नगरि गुगलदेखि समाचार वेबसाइटहरूमा सबै प्रकारका पहुँच प्राप्त गर्न सक्दैनन् । बैठकमा अधिकारीहरूले भीपीएन प्रयोग रोक्ने प्रयास भए पनि नसकिएको बताएका थिए ।

सरकारी अनुमतिविना वेबसाइटहरूमा पहुँचका लागि प्रयोग गरिने भीपीएन सफ्टवेयर प्रयोगलाई चीनमा अवैध मानिन्छ । सुरक्षाकर्मी र कुटनीतिज्ञहरूलाई भने सामाजिक सञ्जाल एक्सजस्ता प्रतिबन्धित वेबसाइटहरूमा पहुँचका लागि ती भीपीएन प्रयोगलाई अनुमति दिइएको छ । चीनको घरेलु सञ्चार राज्य नियन्त्रित छ । सामाजिक सञ्जालमा सरकारविरुद्ध हुने आलोचना गर्न पाइँदैन ।

गएको वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारूढ कम्युनिस्ट पार्टीको इन्टरनेटमाथिको नियन्त्रण ‘बलियाे’ भएको र राज्यले राष्ट्रियताका विषयमा जोखिम सिर्जना गर्ने ‘साइबर स्पेसलाई नियन्त्रण गर्नु’ महत्त्वपूर्ण रहेको बताउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया