इजरायलमा युद्धका कारण रमजानका बेला जेरुसेलममा हिंसा फैलिने डर

 फागुन २८, २०८० सोमबार ६:५८:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इजरायल र गाजाबीच युद्धविरामको प्रयास असफल भएपछि इस्लामिक पवित्र महिना रमजानको अवसरमा विशेष गरी राजधानी जेरुसेलममा हिंसा फैलिने डर थपिएको छ । आज मार्च ११ देखि शुरु हुने रमजान पर्वको अवसरमा हमासले प्यालेस्टाइनीहरूलाई अल–अक्सा मस्जिदको भ्रमण गर्न आह्वान गरेको छ ।

तर इजरायलले हमासलाई रमजानको समयमा यस क्षेत्रलाई प्रज्वलित गरी नियन्त्रण गर्न खोजेको आरोप लगाएको बीबीसीले जनाएको छ । प्यालेस्टाइनीहरुले आज राति चन्द्रमा देखिएसँगै एक महिनाका लागि रमजान पर्व मनाउन शुरु गर्दैछन् । यसअघि रमजानको अवसरमा शुरुदेखि नै ४० दिने युद्धविराम गर्ने प्रयास असफल भएको खबरमा उल्लेख छ ।

युद्धविरामबारे दुवै पक्ष सकारात्मक देखिए पनि व्यवहारिक रुपमा प्रभावकारी नभएको देखिन्छ । इजरायलले हमासमा आक्रमण जारी राखेको छ भने हमासले बन्धकलाई मुक्त गर्ने कुनै पनि योजना सार्वजनिक गरेको छैन।यद्यपि मध्यस्थकर्ताहरूले अझै पनि युद्धविरामका लागि हमास र इजरायलका प्रतिनिधिमण्डललाई भेटेर छलफल गर्ने बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया