चीन–युरोप मालवाहक रेल सेवाको नयाँ रेकर्ड कायम

 फागुन २८, २०८० सोमबार ९:२५:४९ | एजेन्सी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – चीन–युरोप मालवाहक रेल सेवा सञ्चालनको नयाँ रेकर्ड कायम भएको छ । यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा चीन–युरोप मालवाहक रेल यात्राको सङ्ख्या २ हजार ९ सय २८ पुगेको छ ।

गएको वर्षको तुलनामा यो सङ्ख्या ९ प्रतिशतले बढेको हो । सन् २०२४ को पहिलो २ महिनामा रेल यात्राको सङ्ख्या बढ्नुले चीन–युरोप मालवाहक रेल सेवा समृद्ध हुँदै गएको देखाएको चाइना स्टेट रेलवे ग्रुप कम्पनी लिमिटेड (चाइना रेलवे) ले जनाएको छ ।

चाइना रेलवेका अनुसार फेब्रुअरीको अन्त्यसम्ममा यसले २५ युरोपेली देशका २ सय १९ शहरमा सेवा विस्तार गरिसकेको छ । बढ्दो रेल यातायातबाट युरोपेली देशहरूमा चिनियाँ सामग्रीको ढुवानी निकै बढेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया