सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

 चैत २, २०८० शुक्रबार १४:४८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ — नेपाली बजारमा सुनको भाउ आज (शुक्रवार) तोलामा चार सय रुपैयाँले घटेको छ ।

हिजो प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँ पुगेको सुनको भाउ आज तोलाको एक लाख २५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको आइतवार तोलाको एक लाख २६ हजार रुपैयाँ पुगेर सुनकाे भाउ अहिलेसम्मकै उच्च भएको थियो । आज चाँदीको भाउ स्थिर रहँदै हिजो जस्तै एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया