४ दिनसम्म चलेकाे पुष्प मेलामा १ कराेड ५० लाख रुपैयाँकाे काराेबार

 चैत ५, २०८० सोमबार १५:५८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ — भृकुटीमण्डपमा गएको १ देखि हिजोसम्म सञ्चालन भएको २५औँ पुष्प मेलामा एक करोड पाँच लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा भएको मेलामा ४९ हजार एक सय जनाले अवलोकन गरेका एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

नेपालमा मुख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ वटा जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

नेपालमा अहिले व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । नेपालमा झण्डै एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूलको खेती गर्दछन् । वार्षिक तीन अर्ब सात करोड रुपैयाँको फूलको कारोबार हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया