बझाङमा ५० प्रतिशत हाराहारीमा मतदान
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ – सर्वोच्च अदालत परिसरबाट अस्ति सोमवार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डाैले अनुमति दिएको छ ।
सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाण्डाैले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरूमाथि हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा अनुसन्धान गर्ने भएको छ । उनीहरू मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अङ्गरक्षक भएकाे खुलेकाे थियाे ।