कैलालीका घरेलु तथा साना उद्योग धमाधम बन्द हुँदै

 चैत ७, २०८० बुधबार १६:३०:१९ | रासस
unn.prixa.net

फाइल फाेटाे

कैलाली – कच्चा पदार्थको अभावमा कैलालीमा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालयकाअनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन् । यद्यपि पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरूपमा बढ्दै गएको पाइएको छ । महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको छ ।

कैलालीमा अहिलेसम्म १५ हजार चार सय ३४ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये एक सय ३७ वटा उद्योगको दर्ता खारेज भएको छ । साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार चार सय ३४ वटा उद्योगमा २५ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया