राष्ट्रिय भलिबल : यी हुन् आज सेमिफाइनलमा पुग्ने टाेली

 चैत ७, २०८० बुधबार १८:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आठौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ नेपाल पुलिस क्लब समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज बिहान भएको महिलातर्फको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । यो समूहबाट एभरेस्ट क्लब सेमिफाइनलमा पुगिसकेको छ ।

महिलातर्फको अर्काे खेलमा न्यु डायमन्ड क्लब समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । डायमन्डले मधेश प्रदेशलाई ३–० को सेटमा हरायो । यो समूहबाट एभरेस्ट क्लब सेमिफाइनलमा पुगेको छ ।

यस्तै पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा पुगेको छ । हेल्प नेपालले बूढानीलकण्ठ क्लबलाई ३–० को सेटमा हरायो । पुरुषतर्फको अर्काे खेलमा गण्डकी प्रदेश सेमिफाइनलमा पुगेको छ । गण्डकीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सेटमा हरायो ।

यही चैत १० गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ वटा टोली छन् । प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया