अमेरिकाको न्याय मन्त्रालय र १५ वटा राज्य सरकारद्वारा एप्पलमाथि मुद्दा दायर

 चैत ९, २०८० शुक्रबार १८:३०:१७ | एजेन्सी
unn.prixa.net

अमेरिकाको न्याय मन्त्रालय र १५ वटा राज्य सरकारले विश्वकै ठूलो स्मार्टफोन उत्पादक कम्पनी एप्पलमाथि मुद्दा दायर गरेका छन् । अमेरिकी स्मार्टफोन बजारमा साना प्रतिस्पर्धीलाई पछि धकेल्न र मूल्य बढाउन खोजेको आरोप लगाउँदै अमेरिकी सरकारले एप्पलविरुद्ध दर्ता गरेको बीबीसीले जनाएको छ ।

एकाधिकार जमाउन खोजेकोविरुद्ध भनिएको मुद्दालाई ठूला प्रविधि कम्पनीहरूमाथि अमेरिकी सरकारको नियमन प्रयासको निरन्तरता भनिएको छ । अमेरिकी सरकारले यसअघि फेसबुक, गुगल, अमेजनलगायतका कम्पनीमाथि बजारमा प्रभाव पारेको लगायत आरोपमा मुद्दा लगाउनुको साथै जरिवाना गरेको थियो ।

झण्डै २७ खर्ब अमेरिकी डलर बजार मूल्य रहेको एप्पलको शेयरमा सरकारको मुद्दाले झन्डै चार प्रतिशतको गिरावट आएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया