आयरल्याण्ड्स उल्भ्ससँगको खेल जित्न नेपालले पायो १ सय २२ रनको लक्ष्य

 चैत १२, २०८० सोमबार १४:५०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आयरल्याण्ड्स उल्भ्ससँगको खेल जित्न नेपालले एक सय २२ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड्स उल्भ्सले २० ओभरमा अलआउट हुँदै एक सय २१ रन बनायो ।

उसका स्टेफिन डोहेनीले सर्वाधिक ४६ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले समान दुई विकेट लिए । कुशल मल्ल र करण केसीले समान एक विकेट लिए । नेपाली टोलीले आयरल्याण्ड ए सँग भोलि अर्को खेल खेल्ने छ ।

नेपालले आउने टी–२० क्रिकेट विश्वकप र एसिया कप छनोटको तयारी स्वरूप यो मैत्रीपूर्ण खेल खेलिरहेको हो । उल्भसले नेपालको सिनियर टोलीसँगको श्रृंखलापछि नेपाल ए सँग तीन खेलको टी–ट्वेन्टी र तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ ।

यसै शृङ्खलाका लागि क्यानले बिनोद भण्डारीको कप्तानीमा दुई फरक टोली घोषणा गरेको छ । नेपाल ए ले आयरल्यान्डसँग यही चैत १५, १६ र १८ गते टी–ट्वेन्टी शृङ्खला खेल्नेछ । त्यसैगरी चैत २१, २३ र २५ गते एक दिवसीय शृङ्खला खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया