आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा : आज तीनवटा खेल हुँदै

 चैत २५, २०८० आइतबार ९:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई ३–० गोलले हराउँदै शीर्ष स्थानमा पुगेको हो ।

आर्सनलको ३१ खेलमा ७१ अङ्क छ । एक खेल कम खेलेको लिभरपुल ७० अङ्कसहित दोस्रो स्थानमा छ । ३१ खेलमा ७० अङ्क रहेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । सिटीले गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई ४–२ गोलले हरायो ।

त्यस्तै अरू खेलमा एभर्टनले बर्नलीलाई र न्यूक्यासल युनाइटेडले फुलहमलाई समान १–० गोलले, लुटन टाउनले बर्नमाउथलाई र वेस्ट ह्यामले उल्भ्सलाई समान २–१ गोलले हरायो । एस्टन भिल्ला र ब्रेन्टफोर्डले ३–३ गोलको बराबरी खेलेका छन् ।

प्रिमियर लिगमा आज तीनवटा खेल हुँदैछन् । आज बेलुका सवा ८ बजे म्यानचेस्टर युनाईटेड र लिभरपुल, राति सवा १० बजे सेफिल्ड यूनाइटेड र चेल्सी तथा पौने ११ बजे टोटनहम र नटिङ्घम फरेस्टबीच खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया