इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर  युनाइटेडको खेल  बराबरीमा

 चैत २६, २०८० सोमबार ९:१४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर  युनाइटेडले बराबरी खेलेका छन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा गएराति भएको खेलमा २–२ को बराबरी भएको हो । लिभरपुलले शुरुवाती अग्रता लिए पनि दोस्रो हाफमा युनाइटेडले २ गोल गर्दै अग्रता लिएको थियो । तर अन्त्यतिर लिभरपुलले पेनाल्टीमा गोल फर्काउँदै खेल बराबरीमा टुङ्ग्याएको हो ।

लिभरपुलका लागि खेलको २३ औँ मिनेटमा लुइस डियाजले र ८४ औँ मिनेटमा मोहमद सलाहले पेनाल्टी मार्फत् गोल गरे । म्यानचेष्टर  युनाइटेडका लागि खेलको ५० औँ  मिनेटमा ब्रुनो फर्नान्डेसले र ६७ औँ मिनेटमा कोबी माइनुले गोल गरे । यो बराबरीसँगै प्रिमियर लिगमा ३१ खेलमा ७१ अङ्कका साथ लिभरपुल दोस्रो स्थानमा सीमित भएको छ ।

म्यानचेष्टर  युनाइटेड ३१ खेलमा ४९ अङ्कसहित छैटौँ स्थानमा छ । समान खेल खेलेका आर्सनल ७१ अङ्कका साथ शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी ७० अङ्कका साथ तेस्रो स्थानमा छ । यस्तै गएराति भएको अर्को खेलमा सेफिल्ड युनाइटेड र चेल्सीले पनि २–२ को बराबरी खेलेका छन्  ।

अर्को खेलमा टोटनह्यामले नटिंघम फरेस्टलाई ३–१ ले हराएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया