आईपीएल क्रिकेटमा चेन्नईले कोलकत्तालाई ७ विकेटले हरायो

 चैत २७, २०८० मंगलबार ६:३७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई  ७ विकेटले हराएको छ । गएराति भएको खेलमा कोलकात्ताले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

चेन्नईका कप्तान रुतुराज गायकवाडले अविजित ६७ रन बनाए । कोलकत्ता वैभव अरोराले २ तथा सुनिल नरिनले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो  । कोलकत्ताका श्रेयस ऐयरले सर्वाधिक ३४ रन बनाए ।  चेन्नईका तुशार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिए ।

जितसँगै चेन्नईको ५ खेलमा ६ अङ्क भएको छ । चेन्नई तालिकाको चौँथो स्थानमा छ । चौँथो खेलमा पहिलो हार बेहोरेको कोलकत्ता ६ अङ्कका साथ दोस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा आज पञ्जाब किंग्स र सनराईजर्स हैदराबाद खेल्दैछन् ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया