च्याम्पियन्स लिग क्वार्टरफाइनल : आज राति बार्यन र आर्सनल तथा मड्रिड र सिटी खेल्दै

 चैत २७, २०८० मंगलबार १५:२४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलका क्वार्टरफाइनलका खेल आजदेखि शुरु हुँदैछन् ।

क्वार्टरफाइनलको पहिलो लेगमा आज राति पौने १ बजे जर्मन क्लब बार्यन म्युनिख र इङ्लिस क्लब आर्सलनले खेल्दैछन् । यो खेल आर्सनलको घरेलु मैदान इमिरेट्समा हुनेछ । प्रि–क्वार्टरफाइनलमा आर्सनलले पोर्टो र बार्यनले लाजियोलाई हराएर अन्तिम आठमा पुगेका हुन् ।

आजै राति पौने १ बजे नै स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले खेल्दैछन् । यो खेल रियल मड्रिडको मैदान सान्टियागो बर्नबेउमा हुनेछ । रियलले आरबी लाइपजिग र सिटीले एफसी कोपनहेगनलाई हराएर अन्तिम आठमा पुगेका हुन् ।

क्वार्टरफाइनलमै भोलि राति बार्सिलोना र पीएसजी तथा एट्लेटिको मड्रिड र बोरुसिया डर्टमन्डले खेल्नेछन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया