च्याम्पियन्स लिग : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बार्यनको बराबरी

 चैत २८, २०८० बुधबार ८:१७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ -  यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत  क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी तथा बार्यन म्युनिख र आर्सलनले बराबरी खेलेका छन् । रियल म्याड्रिड र म्यानचेस्टर सिटीले तीन/तीन तथा बार्यन र आर्सलनले दुई/दुई गोलको बराबरी खेलेका हुन् ।

रियलको घरेलु मैदानमा भएको खेलमा दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले गोल गरेपछि सिटीले अग्रता बनाएको थियो । तर १२ औँ मिनेटमा सिटीका रुबेन डायसले आत्मघाति गोल गरेपछि एक/एक गोलको बराबरी भयो । त्यसपछि लगत्तै रियलका लागि खेलको १४ औँ मिनेटमा रोड्रीगोले गोल गरे ।

त्यस्तै सिटीका लागि ६६ औँ मिनेटमा फिल फोडेनले र ७१ मिनेटमा जोस्को गवार्डीओले गोल गरे । रियलका लागि ७९ औँ मिनेटमा फेडेरिको भेलभर्डेले गोल गर्दा खेल बराबरीमा सकियो ।

गएराति नै भएको अर्को क्वाटरफाइनल खेलको पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले २–२ को बराबरी खेल्दा घरेलु टोली आर्सनलका बुकायो साकाले खेलको १२ औँ मिनेटमा र लिन्ड्रो र्टोसार्डले ७६ औँ मिनेटमा गोल गरे । बायर्न म्युनिखका सेर्गे गनाब्रीले १८ औँ मिनेटमा र हेरी केनले ३२ औँ मिनेटमा पेनाल्टिमा गोल गरे ।

खेलको दोस्रो लेग आउँदो अप्रिल १८ तारिखमा हुनेछ ।  क्वाटरफाइनल खेलमा आजराति बार्सिलोना र पीएसजी तथा एट्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया