सनराइजर्स हैदराबादले हसरङ्गाको स्थानमा २२ वर्षीय लेगस्पिनरलाई अनुबन्ध गर्‍याे

 चैत २८, २०८० बुधबार १५:१२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टोली सनराइजर्स हैदराबादले श्रीलङ्काका स्पिनर वानिन्दु हसरङ्गाको स्थानमा श्रीलङ्काकै लेगस्पिनर विजयकान्त वियसकान्तलाई अनुबन्ध गरेको छ ।

चोटका कारण हसरङ्गा आईपीएलबाट बाहिरिएकाले २२ वर्षीय वियसकान्तलाई अनुबन्ध गरेको हैदराबादले जनाएको छ । वियसकान्त ५० लाख भारुको आधार मूल्यमा हैदराबादमा सामेल भएका छन् ।

वियसकान्तले ३३ टी–२० खेलमा ४२ विकेट लिएका छन् । उनले गएको वर्ष चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा अफगानिस्तानसँगको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । यद्यपि उनी त्यसयता राष्ट्रिय टोलीमा पर्न सकेका छैनन् ।

आईपीएल क्रिकेटको अङ्क तालिकामा सनराइजर्स हैदराबाद अहिले छैटौँ स्थानमा छ । हैदराबादले पाँच खेलमा तीन जितसहित छ अङ्क जोडेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया