इरानले इजरायलमा आक्रमण गर्न सक्ने अनुमानपछि भारतसहितका पाँच देशले गरे ‘ट्राभल एड्भाइजरी’ जारी

 बैशाख १, २०८१ शनिबार ९:२४:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानले इजरायलमा तत्कालै आक्रमण गर्न सक्ने अनुमानपछि भारतसहितका ५ देशले ट्राभल एड्भाइजरी जारी गरेका छन् । नागरिकलाई इरान र इजरायलमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।

भारत, अमेरिका, बेलायत, रुस र फ्रान्सले आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । भारतले हिजो बेलुका ट्राभल एड्भाइ जारी गरी आफ्ना नागरिकलाई अर्को सूचना नभएसम्म इरान र इजरायलको यात्रा नगर्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले इरान वा इजरायलमा बस्ने भारतीयले त्यहाँको दूतावासमा सम्पर्क गरी आफूलाई दर्ता गराउन, आफ्नो सुरक्षाका उपायहरु अपनाउन र सकेसम्म बाहिर ननिस्कन भनेको छ । गएको अप्रिल एक तारिखमा इजरायलले सिरियामा इरानी दूतावासनजिकै हवाई आक्रमण गरेको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने चेतावनी दिएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया