अष्ट्रेलियाको सिड्नीमा एक व्यक्तिले छुरा प्रहार गर्दा पाँचजनाको ज्यान गयो

 बैशाख १, २०८१ शनिबार १५:१७:१ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अष्ट्रेलियको सिड्नीको एक व्यापारिक मलमा एकजना व्यक्तिले छुरा प्रहार गर्दा पाँचजनाको ज्यान गएको छ । धेरै व्यक्ति घाइते भएका छन् । ज्यान गुमाउनेमा नौ महिनाका बच्चासमेत रहेका बीबीसीले जनाएको छ ।

छुरा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली हानेर मारेको छ । अहिले मललाई प्रहरीले घेरा हालेर राखेको छ र मानिसलाई घटनास्थलबाट टाढै रहन भनेको छ ।

एउटा भिडियो फुटेजले घटनास्थलमा दर्जनौं प्रहरी र एम्बुलेन्स देखाएको छ र सामाजिक सञ्जालमा शेयर भएका तस्बिरले धेरै घाइते गम्भीर अवस्थामा रहेको देखाएका छन् । छुरा र गोली काण्डले अष्ट्रेलियभरकै जनजीवन भयभित भएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया