एकीकृत समाजवादीले फेरि अवसरवादी चरित्र देखायाे : ओली

 बैशाख ३, २०८१ सोमबार १५:३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले फेरि अवसरवादी चरित्र देखाएको आरोप लगाउनुभएको छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेको भन्दै ओलीले आक्रोश पोख्नुभएको हो ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादलाई नाङ्गो ढङ्गले प्रस्तुत गरेको आरोप लगाउनुभयो । एकीकृत समाजवादीले यसअघि सुदूरपश्चिममा पहिलो कार्यकाल नागरिक उन्मुक्ति पार्टीलाई सरकारको नेतृत्व गर्न दिने सहमति जनाएको तर अहिले अवसरवादमा फसेर कांग्रेससँग मिलेको उहाँकाे भनाइ छ ।

एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको र सुध्रने सङ्केत नदेखाएको एमाले अध्यक्ष ओलीले आरोप लगाउनुभयो । नयाँ गठबन्धनबाट नागरिकमा आशा पलाइरहेको बेलामा विपक्षीहरूको आशा पलाउने गरी एकीकृत समाजवादीले कदम चालेको ओलीको भनाइ छ ।

तस्बिर : ओलीकाे सचिवालय

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया