आगाे निभाउने क्रममा गुल्मीमा एक जनाकाे ज्यान गयाे

 बैशाख ३, २०८१ सोमबार १८:१४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गुल्मी – आगो निभाउने क्रममा गुल्मीमा आज साेमवार एक जनाको ज्यान गएको छ ।

स्थानीय सल्लाघारीमा लागेकाे आगाे निभाउने क्रममा मुसिकोट नगरपालिका–१ का ५८ वर्षीय महले घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयाे ।

सर्वोदय माध्यमिक विद्यालयको सल्लाघारीमा लागेको आगो निभाउन गएको अवस्थामा अचानक आगोको लप्को आएपछि भाग्ने क्रममा घर्ती भीरबाट लडेका प्रहरीले जनाएको छ । यस्तै भीरबाट लड्नुभएका ५२ बर्षीय रेशम थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया