एसीसी प्रिमियर कप क्रिकेट : साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य

 बैशाख ५, २०८१ बुधबार १५:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानमा चलिरहेको एसिसी प्रिमियर कपमा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । पानी परेपछि आठ ओभरमा झारिएको खेलमा साउदीले छ विकेट गुमाएर ७३ रन बनायो ।

उसका लागि अब्दुल वासिदले १६ बलमा ३७ रन बनाए । अरू कुनै खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसी र अविनाश बोहराले सामान दुई तथा प्रतिश जिसी र ललित राजवंशीले सामान एक विकेट लिए ।

नेपाल लगातार तीन खेल जितेर समूह विजेता बनिसकेको छ । सेमिफाइनलमा पुग्न अहिलेको खेलमा साउदीले नेपाललाइ हराउनै पर्नेछ । साउदी अरब नेपालसँग हारेमा भने हङकङ सेमिफाइनलमा पुग्नेछ ।

आजै भएको अर्को खेलमा हङकङले मलेसियालाई सात  विकेटले पराजित गरेर सेमिफाइनलको आसा बढाएको छ । मलेसियाले दिएको एकसय ४१ रनको लक्ष्य हङकङले १२ ओभर एक बलमा तीन विकेट गुमाएर पूरा गर्यो ।

आज दिउँसो सवा ४ बजे ओमान र कुवेत तथा यूएई र कम्बोडिया खेल्दैछन् । सेमिफाइनलका खेल शुक्रवार, तेस्रो स्थानको खेल शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया