मकवानपुरमा डेढ सय किलो गाँजासहित ७ जना पक्राउ

 बैशाख ५, २०८१ बुधबार १५:३४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – मकवानपुरमा डेढ सय किलो गाँजासहित सातजना पक्राउ परेका छन् । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेना र कर्मचारीको संयुक्त टोलीले मनहरी गाउँपालिका– ४ माथिल्लो मसिनेबाट उनीहरूलाई पक्राउ गरेको हो । 

राष्ट्रिय निकुञ्ज नजिकैको क्षेत्रमा बोरा बोकेर हिंडिरहेका उनीहरूलाई सुरक्षाकर्मीले सोधपुछ गरेका थिए । शङ्का लागेर खानतलासी गर्दा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–३ का दुईजना किशोर छन् । उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ का बमबहादुर चेपाङ, हरिकुमार प्रजा, वीरमान प्रजा, मनहरी गाउँपालिका–३, हाँडीखोलाका रामहरि लुइँटेल र मनहरी–५ का दीपक थापा मगर रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया