भारतसँग फाइनलमा हारेसँगै नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक खड्काले दिए राजीनामा

 मंसिर २३, २०७६ सोमबार १५:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कास्की - नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनमा भारतसँग २–० ले हारेसँगै प्रशिक्षक खड्काले राजीनामा दिने घोषणा गरेका हुन् ।

राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका प्रशिक्षक खड्काले हारको सम्पूर्ण जिम्मेवारी लिँदै महिला टोलीको प्रशिक्षकबाट राजीनामा दिएको बताए । तर उनले कुनै न कुनै रुपमा नेपाली फुटबलसँग आबद्ध हुने प्रतिबद्धता पनि जनाएका छन्  जनाए । उनको नेतृत्वमा नेपाली टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उपविजेता बनेको थियो ।

जारी सागको समूह चरणमा नेपाल भारतसँग १–० ले हारेको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया