साग कुस्ती : भारतलाई १४ स्वर्ण, नेपाललाई १ स्वर्ण

 मंसिर २३, २०७६ सोमबार १६:३१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – जनकपुरधाममा सम्पन्न दक्षिण एसियाली खेलकुल (साग) अन्तर्गत कुस्तीमा भारतले अन्तिम दिन भएको दुई वटा प्रतियोगितामा स्वर्ण जित्यो ।  

कुस्तीको २० वटा तौल समूहमा भएको प्रतियोगितामा भारतले १४, पाकिस्तान ३, श्रीलंका २ र नेपालले एक स्वर्ण जित्यो । 

अन्तिम दिन सोमवार महिलातर्फ ६८ केजी तौल समूहमा भारतकी अनिताले स्वर्ण पदक जितिन् भने श्रीलंकाकी मालाले रजत पदक जितिन् । त्यस्तै बंगलादेशकी रोईतिथीले कांस्य पदक जितिन् । 

त्यस्तै पुरुषतर्फ ७४ केजी तौल समूहमा भारतका गौरव बालियानले स्वर्ण पदक जिते । त्यस्तै श्रीलंकाका लकमलले रजत र बंगलादेशका सेपोन शेखले कांस्य पदक जिते ।

कसले कति पदक जिते ?

जनकपुरधाममा चार दिनसम्म भएको कुस्ती प्रतियोगिताको विभिन्न २० वटा तौल समूहमा भएको खेलमा भारत सहभागी १४ समूहमध्ये सबैमा स्वर्ण पदक हासिल गर्न सफल भयो । 

पाकिस्तानले ३ स्वर्णसहित ५ वटा रजत पदक हासिल गरेको छ भने श्रीलंकाले २ स्वर्ण, ९ रजत सहित २ वटा कांस्य पदक जित्यो । 

त्यसैगरी नेपालले १ स्वर्ण, ४ रजत र ८ वटा कांस्य पदक जित्यो । त्यस्तै बंगलादेशले २ वटा रजत र ७ वटा कांस्य पदक जित्यो । नेपालका लागि कुस्तीमा संगीता धामीले स्वर्ण दिलाइन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया