वर्ष २०७७ लाई सफल वर्ष मान्नुपर्छ : प्रधानमन्त्री ओली

 बैशाख १, २०७८ बुधबार ८:५५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ समग्रमा सफल वर्ष रहेको बताउनु भएको छ ।

आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०७७ राजनीतिक, आर्थिक, सामाजिक  लगायत समग्रमा सबै हिसाबले सफल रहेको बताउनु भएको हो । यो वर्ष राजनीतिक हिसाबले पृथकतावादी सोच भएकाहरुलाई राष्ट्रिय एकतामा ल्याएको उहाँले बताउनुभयो ।

‘हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउन सफल भएकाले अब देशमा हिंसाको रजानीति छैन,’ उहाँले भन्नु भएको छ ।

यस्तै, उहाँले नागरिक नै सार्वभौमसत्ता भएको  भन्दै नागरिकको अभिमत नै सबै भन्दा ठूलो भएको बताउनुभयो । यस्तै, पुनर्निर्माणका क्षेत्रमा भइरहेको उपलब्धि र मेलम्चीको पानी काठमाण्डौ ल्याउन सफल भएकाले पनि वर्ष २०७७ सफल भएको उहाँको दाबी छ ।

यस्तै प्रधानमन्त्री ओलीले सकेसम्म देश लकडाउनमा नजाे पनि बताउनुभएको छ । केहीले अब लकडाउन हुने हल्ला चलाउन थाले पनि सरकारले सकेसम्म लकडाउन नगर्ने बताउनु भएको हो ।  तर, कोरोनाको जोखिम बढिरहेकाले अवस्था र परिस्थिति हेरेर थप रणनीति बनाइने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया