श्रमिक बरालको नयाँ गीत “उषा मेरी उषा” को म्युजिक भिडियो सार्वजनिक

 साउन ७, २०७९ शनिबार ११:२५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साहित्यिक क्षेत्रमा श्रमिक बरालका नामबाट कलम चलाउने डा. खगराज बरालको नयाँ गीत “उषा मेरी उषा” को म्युजिक भिडियो बजारमा आएकाे छ । याे गीत शिक्षा सङ्गीत युट्युब च्यानलबाट साउन २ गते सार्वजनिक भएको हाे ।

झिसमिसे उज्यालाेमा पूर्व दिशामा अरुणोदयको आकाशको लालीलाई प्रतीकका रूपमा लेखिएको “उषा मेरी उषा” लाई सङ्गीतकार तथा भिडियो निर्देशक राजु विश्वकर्माले बैसालु युवा युवतीको पिरतीमा उतारेका छन् । श्रमिक बरालले २०५२ सालमा नै याे गीतकाे सिर्जना गरेका थिए । गीत चर्चित गायक प्रवीण भेडवालको स्वरमा सजिएको छ ।

साथै, यस गीतमा गायिका रीता केसीले कोरसमा साथ दिएकी छन् । सङ्गीत सर्जक रहेका राजु विश्वकर्माको परिकल्पना रहेको यस गीतमा मनोहर सुनामले सङ्गीत संयोजन गरेका छन् । साथै, यस गीतमा गितार र सेक्सोफोन पनि मनोहर सुनामले नै बजाएका छन् ।

बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकीले सघाएका छन् । साउन्ड स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई भोला पौडेलले रेकर्ड गरेका हुन् । राजन पौडेल र अपेक्षा बस्यालकाे अभिनय रहेकाे यस गीतका निर्देशक राजु विश्वकर्मा हुन् भने भिडियोग्राफी र सम्पादन सुरेन्द्र श्रेष्ठले गरेका हुन् ।

याे गीतको उत्पादन राजन पौडेलले गरेका हुन् । गीतकार श्रमिक बरालका यसअघि खुशी बाँडे खुशी बढ्छ, आफ्नो मान्छे चिन्नै छाड्यौँ भेट हुँदा तर्सियौँ, पढेकाले थलो छाडे नपढेकाले हलो छाडे, उकालीमा चढिरहेँ ओरालीमा झरिरहेँ, तिम्लाई मैले छोडेपछि बाटो अन्तै मोडेपछि, उकालीमा तिमी चढ्यौँ ओरालीमा म झरेँ, कोहीले भन्छन् मलाई लजालु, खोजिरहेँ सधैँ भरि पर्खिरहेँ सधैँ भरि, हाम्रो स्कुल राम्रो स्कुल हाम्ले बनाउने, गर्व गर्नुपर्छ आफ्नो जन्मभूमि प्रति, खुशी भइ पढे, ब्युटी पार्लर जस्ता गीतहरू सार्वजनिक भइसकेका छन् ।

म्युजिक भिडियो :

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया