आजदेखि तीन नेपाली चलचित्र प्रदर्शनीमा

 भदौ ३, २०७९ शुक्रबार १४:३२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि हलहरुमा तीन नेपाली चलचित्र प्रदर्शनीमा आएका छन् । चलचित्र ‘कृष्णलीला’ ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ आजदेखि प्रदर्शनमा आएका हुन् ।

पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ र रविन्द्र झाको मुख्य भूमिका रहेको कृष्णलीलालाई दीपक वलीले निर्देशन गरेका हुन् । यो चलचित्र अटिजम रोग पीडित युवकको प्रेम जीवनमा आधारित छ । यस्तै, चलचित्रमा भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको अभिनय रहेको छ । 

आजैबाट प्रदर्शनीमा आएको रञ्जित रौनियारद्वारा निर्देशित चलचित्र ‘माईकल अधिकारी’मा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ। चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ ।

गोपीकृष्ण मुभिजको प्रस्तुतिमा बनेको यस चलचित्रमा नायिका श्रेष्ठले गर्भवती महिलाको अभिनय गरेका छिन् । ‘माईकल अधिकारी’मा आर्थिक अभाव भएपछि कोख भाडामा दिने महिलाको भूमिकामा उनलाई देख्न सकिन्छ ।

प्रदर्शनीमा आएको अर्को चलचित्र प्रेमगञ्ज परिच्छेद सेनको निर्देशनमा बनेको हाे । प्रेमकथामा आधारित यस चलचित्रमा तेज गिरी र बेनिशा हमालको मुख्य भूमिका रहेको छ। साथै राइडर प्रशन, सुप्रिया खनाल, सिम्रन खड्का, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराईलगायतले अभिनय गरेका छन्।

यस्तै एक दक्षिण भारतीय चलचित्र कार्तिकेय-२ पनि नेपाली सिने बजारमा रिलिज भएको छ । ‘कार्तिकेय-२’मा निखिल सिद्धार्थ, अनुपमा परमेश्वरम र अनुपम खेरको प्रमुख भूमिका रहेकाे छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया