नेभिगेशन

जुम्लामा खानेपानी कार्यालय खारेज भएपछि कार्यालयमा तालाबन्दी

काठमाण्डाै – सरकारले खानेपानी आयोजना कार्यालय खारेज गर्ने निर्णय गरेपछि जुम्लामा विरोध भएको छ । जुम्लाका राजनीतिक दल र जनप्रतिनिधिले कार्यालय स्थापित गर्न सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनीहरूले कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित जुम्लाका सबै राजनीतिक दलहरूको बैठक बसेर कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मामार्फत सङ्घीय खानेपानी मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सङ्घीय खानेपानी तथा ढल निकास व्यवस्थापन कार्यालय जुम्लाका प्रमुख ज्योतिषकुमार मिश्रका अनुसार सरकारले जुम्ला कार्यालयलाई सुर्खेतमा गाभ्ने परिपत्र गरेको छ । सरकारले देशका २० सङ्घीय खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनामध्ये १५ वटा आयोजना स्थायी बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति:
थप समाज