नेभिगेशन

प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा : देवगणले लगाएको मुकुण्डो ब्रम्हायणी लगेर जलाइयो

काठमाण्डौ - प्रधानमन्त्री वालेन्द्र शाहले भक्तपुरको कमल विनायकको नवदुर्गा द्योछें मन्दिर दर्शन तथा अवलोकन गर्नुभएको छ । भलभल अष्टमीको दिन हिजो उहाँ मन्दिरमा पुग्नुभएको हो ।

नवदुर्गा जात्रा व्यवस्थापन समितिका वनमालाहरूले प्रधानमन्त्री शाहलाई मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व, नवदुर्गाको जात्रा, पर्वलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

समितिका पूर्वअध्यक्ष नारायण वनमालाका अनुसार भलभल अष्टमीको दिन नवदुर्गा देवगणको मुकुण्डोलाई ब्रम्हायणी लगेर अन्त्येष्टि गरिने परम्परा छ ।

यस परम्पराअनुसार हिजो बेलुका नै नवदुर्गा देवगणले यस वर्षको अन्तिम नाच प्रदर्शन गरी स्थानीयबाट पूजा लिएको थियो । प्रधानमन्त्री फर्केपछि देवगणको ब्रम्हायणी यात्रा सुरु भएको थियो ।

हिजै देवगणले लगाएको मुकुण्डो ब्रम्हायणी लगेर जलाइएको थियो ।

प्रकाशित मिति:
थप समाज