नेभिगेशन

मनसुनी प्रणाली पहाडी क्षेत्रमा बढी केन्द्रित

काठमाण्डौ — अहिले देशका केही ठाउँमा हल्का पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखा अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा सामान्य वर्षा भइरहेको हो । यस्तै कोशी प्रदेशका पहाडी क्षेत्रमा पनि छिटफुट पानी परिरहेको छ ।

पछिल्लो १२ घण्टामा कास्कीमा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो समय मनसुन विशेषगरी पहाडी क्षेत्रमा केन्द्रित छ । महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँ तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू–भागका थोरै ठाउँमा मध्यमसम्म वर्षाको अनुमान रहको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज