नेभिगेशन

आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ — आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

त्यस्तै मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर बादल लागेको छ ।

बागमती र गण्डकी प्रदेशका केही अनि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज राति पनि कोशी, बागमती र गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
थप समाज