नेभिगेशन

गिनीको ल्यान्डफिलमा पहिरोले पुरिएर ३० जनाको ज्यान गयो

अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीमा रहेको सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको ज्यान गएको छ ।

त्यहाँका सरकारी अधिकारीकाअनुसार  ठूलो वर्षासँगै ल्यान्डफिलमा थुपारिएको फोहोरको थुप्रो भत्किँदा नजिकैका झुपडीहरू पुरिएका थिए ।  यसले ३० जनाको ज्यान छ भने ६ जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ ।

धेरै घरमा क्षति पुगेको छ । ठूलो वर्षापछि फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य भैरहेको छ । ल्यान्डफिल आसपास बसोबास गर्ने स्थानीयबासिन्दालाई यसअघि नै सुरक्षित ठाउँमा सर्न खबर गरिएको थियो ।

तर पहिरो जाँदा धेरै मानिस त्यही रहेकाले मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन् । ल्याण्डफिलमा शहरबाट निस्कने फोहोर थुप्रेर ठुलो ढिस्को बनेको थियो ।

गिनी फलाम, सुन र हीराजस्ता खनिज स्रोतमा धनी भए पनि  विश्व बैंकका अनुसार त्यहाँको ४३।७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको छ ।

प्रकाशित मिति:
थप विश्व