नेभिगेशन

न्युजिल्यान्डका निसम एनपीएल टोली जनकपुरमै फर्किए

काठमाण्डौ – न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्समै फर्किएका छन् ।

३५ वर्षीय निसमलाई आउँदो सिजनका लागि अनुबन्ध गरिएको जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । निसमले दुई वर्ष अघि एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

त्यसबेला निसमले एनपीएलमा वेस्ट स्ट्राइक रेटको अवार्ड पनि प्राप्त गरेका थिए । तर अघिल्लो वर्ष भएको दोस्रो संस्करणमा उनले पोखरा एभेन्जर्सबाट खेलेका थिए ।

क्रिकेटका महत्वपूर्ण फ्रेन्चाइज लिग खेल्दै आएका उनका लागि दुई वर्ष अघि जनकपुर च्याम्पियन हुँदा फ्रेन्चाइज क्रिकेटमा पहिलो उपाधि थियो ।

प्रकाशित मिति:
थप खेलकुद