नेभिगेशन

चर्चित अमेरिकी गायिका डली पार्टनको ८० वर्षको उमेरमा निधन

काठमाण्डौ – अमेरिकाकी प्रसिद्ध गायिका तथा गीतकार डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ ।

उहाँको परिवारले सामाजिक सञ्जालमार्फत निधनको जानकारी दिएको बीबीसीले जनाएको छ । सात दशक लामो संगीत यात्रामा पार्टनले १० ग्रामी अवार्ड जित्नुभएको छ ।

डलीले क्यान्सरसँग छोटो समय संघर्ष गरेपछि प्रियजनहरूको उपस्थितिमा नासभिलमा रहेको भान्डरबिल्ट–इन्ग्राम क्यान्सर सेन्टरमा संसार छाडेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ । पार्टनको झण्डै सात दशक लामो सांगीतिक यात्रामा उहाँका १० करोडभन्दा बढी रेकर्ड बिक्री भएका थिए ।

साथै ३ हजारभन्दा बढी गीत लेख्नुभएको छ । पार्टनले आफूलाई गायिकाभन्दा बढी गीतकारका रूपमा चिनाउँदै आउनुभएको थियो । उहाँका गीतले देश संगीतसँगै ¥याप, रक, मेटल र आर एन्ड बी लगायतका विभिन्न विधामा प्रभाव पारेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डली पार्टनको निधनप्रति दुःख व्यक्त गर्दै उहाँलाई अतुलनीय कलाकारका रूपमा स्मरण गर्नुभएको छ । उहाँको निधनपछि चर्चित कलाकारहरूले श्रद्धाञ्जली दिनुका साथै पार्टनलाई महान् गीतकार, उत्कृष्ट कलाकार र विश्वभर प्रभाव पार्ने संगीतकी आइकनका रूपमा सम्झिएका छन् ।

डली पार्टनको संगीत र योगदानले धेरै पुस्ताका श्रोता तथा कलाकारलाई प्रभावित बनाएको छ । पार्टनको जन्म अमेरिका टेनेसीको स्मोकी माउन्टेन्समा गरिब परिवारमा भएको थियो ।

प्रकाशित मिति:
थप विश्व