नेभिगेशन

उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी सङ्घ–संस्थालाई आह्वान

काठमाण्डाै – समाज कल्याण परिषद्ले रसुवाको भोटेकोशी–त्रिशूलीमा आएकाे बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा जुट्न आह्वान गरेको छ ।

परिषद्ले आज अत्यन्त जरुरी सूचना निकालेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ–संस्थालाई प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित पालिका, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न आग्रह गरेको हो ।

साथै गैरसरकारी सङ्घ–संस्थाले सञ्चालन गर्ने उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी गतिविधिको जानकारी समाज कल्याण परिषद्लाई गराउन अनुरोध छ ।

परिषद्ले विपद्को समयमा प्रभावित नागरिकसम्म सहायता पुर्‍याउन सामाजिक सङ्घ–संस्थाहरूलाई सक्रियरूपमा परिचालित हुन आह्वान गरेको छ ।

प्रकाशित मिति:
थप समाज