नेभिगेशन

नेपाललाई आवश्यक सहयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाण्डौ – भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न देशका नेताहरुले नेपालप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताउनुभएको छ । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भोटेकोशी बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीसँग जानकारी लिएपछि सहयोगका लागि अमेरिका तयार रहेको बताउनुभएको हो ।

जापानका प्रधानमन्त्री साने ताकाइची, बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान र पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले कठिन परिस्थितिमा नेपालसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगका लागि तयार रहेको बताउनुभएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बतमा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका अष्ट्रेलियाली नागरिकको सुरक्षा अवस्थाबारे स्थानीय अधिकारीसँग समन्वय भइरहेको बताउनुभएको छ । आवश्यक परेमा कन्सुलर सहायता उपलब्ध गराउन अष्ट्रेलिया तयार रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भोटेकोशीमा आएको आकस्मिक बाढीलाई अत्यन्तै विनाशकारी घटना भन्दै प्रभावित, आफन्त गुमाएका तथा बेपत्ता व्यक्तिका परिवारप्रति ऐक्यबद्धता जनाउनुभएको छ । उद्धारका प्रयासमा आवश्यक सहयोग गर्न क्यानडा तयार रहेको उहाँले बताउनुभएको छ ।

जर्मनीका प्रधानमन्त्री फ्रेडरिक मर्ज, लिथुआनियाका प्रधानमन्त्री मिन्डाउगास सिन्केभिचियुस, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले पनि बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल र प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बाढीपछि नेपाल र चीनबाट आएका दृश्य हृदयविदारक रहेको उल्लेख गर्दै प्रभावित सबैप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रभावित क्षेत्रमा रहेका न्युजिल्यान्डका नागरिकको अवस्था बुझ्न नेपालका अधिकारीसँग समन्वय भइरहेको उहाँले बताउनुभएको छ । 

प्रकाशित मिति:
थप समाज