नेभिगेशन
शनिबार, असोज ३, २०८३

चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै

चीनमा चालु वर्षको पहिलो आठ महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रविधिसँग सम्बन्धित उद्योगमा भने विदेशी लगानी उल्लेख्य रूपमा बढेको छ । 

चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्टसम्म उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी लगानी ३५ दशमलव १ प्रतिशतले बढेको छ । यो अवधिमा कुल ४२ हजार ५८२ वटा नयाँ विदेशी लगानी भएका उद्यम स्थापना भएका छन् । 

यद्यपि, चीनमा वास्तविक रूपमा प्रयोग भएको कुल विदेशी प्रत्यक्ष लगानी ५ दशमलव ३ प्रतिशतले घटेर ४७९ अर्ब ९५ करोड युआन कायम भएको छ । यसले चीनमा समग्र विदेशी लगानीको प्रवाह केही कमजोर भए पनि उच्च प्रविधि, अनुसन्धान तथा विकास र उन्नत उत्पादनजस्ता क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढिरहेको देखाउँछ । 

विज्ञहरूका अनुसार चीनको आकर्षण पहिले मुख्यतः कम लागतमा आधारित थियो भने अहिले नवप्रवर्तन र उच्चस्तरीय प्रविधिमा आधारित बन्दै गएको छ । यसैबीच, चीनले विदेशी लगानीलाई थप आकर्षित गर्न १५ बुँदे कार्य योजना सार्वजनिक गर्नुका साथै फ्रान्स, स्विट्जरल्यान्ड र दक्षिण कोरियाबाट भित्रिने लगानीमा समेत उल्लेख्य वृद्धि भएको जनाएको छ । 
 

प्रकाशित मिति:
थप विश्व