नेभिगेशन
सोमबार, कात्तिक २३, २०८३

चिनियाँ जासुस महिलासँग सम्बन्ध रहेको आरोपमा एनभिडियाका सीईओमाथि अनुसन्धान शुरू

अमेरिकी प्रविधि कम्पनी एनभिडियाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङका बारेमा स्वतन्त्र अनुसन्धान शुरू गरेको छ । हुआङसँग प्रेम सम्बन्धमा रहेकी महिला चिनियाँ जासुस भएको आरोप रहेको बीबीसीले जनाएको छ ।

एनभिडियाको सञ्चालक समितिले कम्पनीको गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षामा असर परेको कुनै आधार नरहेको जनाएको छ । यद्दपि अनुसन्धानका क्रममा उपलब्ध हुने सबै सूचनाको समीक्षा गर्ने कम्पनीको भनाइ छ ।

यसैबीच जेन्सेन हुआङले श्रीमती र छोराछोरीसँग माफी माग्दै आफू वैवाहिक सम्बन्धप्रति इमानदार रहन नसकेको स्वीकार गर्नुभएको छ । उहाँले आफ्नो व्यवहारले परिवारलाई चोट पुगेको भन्दै त्यसको जिम्मेवारी लिने बताउनुभएको छ ।

गएको महिना अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले अमेरिकी गुप्तचर अधिकारीहरूले चिनियाँ व्यवसायी महिला एलिस हुआङले चीनका लागि जासुसी गरिरहेको आशङ्का गरेको भन्दै समाचार प्रकाशित गरेपछि कम्पनीले अनुसन्धान अघि बढाएको हो ।

एनभिडियाले मुख्यतया कम्प्युटर चिप्स, ग्राफिक्स प्रोसेसिङ युनिट र कृत्रिम बुद्धिमत्ता अर्थात् एआई प्रविधिको विकास तथा उत्पादन गर्दछ । एआईको क्षेत्रमा आएको क्रान्तिसँगै यो कम्पनी विश्वकै सबैभन्दा मूल्यवान् कम्पनीहरूमध्ये एक बन्न सफल भएको छ । जसको बजार पूँजीकरण ४० खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

एनभिडियाले नेपालको भोटोकोशी बाढीबाट प्रभावितका लागि झन्डै डेढ अर्ब रुपैयाँ सहयोग गरेको थियो । 

प्रकाशित मिति:
थप विश्व