नेभिगेशन
आइतबार, कात्तिक २२, २०८३

पोल्यान्डको क्र्याकफमा आक्रमण हुँदा ६ जनाको ज्यान गयो

पोल्यान्डको दोस्रो ठूलो शहर क्र्याकफको व्यस्त क्षेत्रमा एक बन्दुकधारीले गरेको आक्रमणमा ६ जनाको ज्यान गएको छ ।

प्रहरीसहित केही घाइते भएका छन् । पोल्यान्ड प्रहरीका अनुसार आक्रमणकारीले अन्धधुन्द गोली चलाएका थिए । घटनामा चार महिला र दुई पुरुष गरी ६ जनाको ज्यान गएको हो ।

जसमा तीन जना पोल्यान्डका र एक जना बेलायतका रहेका छन् । अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन । घाइते हुनेहरुमा अस्ट्रिया, जर्मनी, पोर्चुगल, रुस र बेलायतका पाँच जना रहेका छन् ।

पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टुस्कले आक्रमणकारी व्यक्तिको घरमा खानतलासी गर्दा अन्य तीन जनाको शव फेला परेको बताउनुभएको बीबीसीले जनाएको छ ।

घरमा मृत फेला परेका दुई महिला र एक पुरुष आक्रमणकारीकै परिवारका सदस्य हुन सक्ने प्रारम्भिक अनुमान छ । घटनापछि क्र्याकफ शहरमा सुरक्षा कडा पारिएको छ । साथै तीन दिनसम्म शोकको घोषणा गरिएको छ ।
 

प्रकाशित मिति:
थप विश्व