नेभिगेशन
सोमबार, कात्तिक २३, २०८३

पाराग्वेका पूर्वराष्ट्रपति पेनाको घरमा प्रहरीको छापा

काठमाण्डौ - पाराग्वेका पूर्वराष्ट्रपति सान्टियागो पेनाको घरमा प्रहरीले छापा मारेको छ ।

युएनो बैंकसँग जोडिएको प्रकरणमा पदबाट हटाइएका पेनाविरुद्ध आपराधिक अभियोग लगाइएको छ । बैङ्किङ सङ्कट र आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले छापा मारेको एएफपीले उल्लेख गरेको छ । युएनो बैंकमा देशका झण्डै ६५ लाख जनसङ्ख्यामध्ये आधाको संख्यामा खाता रहेको थियो ।

सरकारी निकायको ८० करोड अमेरिकी डलरभन्दा धेरै रकमसमेत जम्मा थियो । बैंकको सङ्कटपछि देशभर विरोध प्रदर्शन भएको थियो । सन् २०२३ मा राष्ट्रपति बन्नुभएका पेनाले गएको वर्षसम्म बैंकको होल्डिङ कम्पनी युएनो होल्डिङमा सेयर स्वामित्व राख्नुभएको थियो ।

उहाँमाथि राष्ट्रपतीय प्रभाव प्रयोग गरी बैंकमा सरकारी निक्षेप जम्मा गराएको तथा वित्तीय अनियमितता र शङ्कास्पद ऋणका विषयमा जानकारी हुँदाहुँदै पनि समस्या लुकाएको आरोप छ ।

अभियोजकहरूका अनुसार सरकारी निकायबाट निक्षेप सङ्कलन गरिरहेको युएनो बैंकले बैंकका उच्च अधिकारीसँग सम्बन्धित कम्पनीहरूलाई शङ्कास्पद ऋणसमेत प्रवाह गरेको थियो । यही प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पेनाको निवासमा छापा मारेको हो ।

प्रकाशित मिति:
थप विश्व