नेभिगेशन
आइतबार, असोज २५, २०८३

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै

काठमाण्डाै – कांग्रेस महामन्त्री पदको मतगणना चलिरहँदा प्रदीप पौडेलले अग्रता कायमै राख्नुभएकाे छ ।

पछिल्लो मत परिणामअनुसार पौडेलले १ हजार ३७० मत प्राप्त गर्नुभएको छ । महामन्त्री पदकै प्रतिस्पर्धामा रहनुभएका उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पार्नुभएको छ । पछिल्लो परिणामअनुसार राणाले ७८३ मत प्राप्त गर्दा पुनले ६८७ मत पाउनुभएको छ ।

यस्तै अर्का प्रतिस्पर्धी सुनिल शर्माले ५३९ मत पाउनुभएको छ । महामन्त्री पदमा गुरुराज घिमिरे, शङ्कर तिवारी र डा. सन्तोष उपाध्याय पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।

महिला महामन्त्रीमा डा. डिला सङ्ग्रौला (पन्त) ले ९६५, महालक्ष्मी उपाध्याय (डिना) ले ९५२, रीता खनालले २५१ ल्याउनुभएको छ ।

उपसभापति खुलामा डा. चन्द्रकान्त भण्डारी १०५७ मतसहित पहिलो, मधु आचार्य ७१२ मतसहित दोस्रोमा हुनुहुन्छ । यस्तै सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९ मत ल्याउनुभएको छ ।

उपसभापति समावेशीमा विनोदकुमार चौधरी ६१५ मतसहित पहिलो र जीवन परियार ५७८ मत ल्याएर दोस्रोमा हुनुहुन्छ ।

निर्वाचन समितिका अनुसार सहमहामन्त्रीको महिला र खुलातर्फ र आदिवासी जनजाति क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना पनि चलिरहेको छ ।

प्रकाशित मिति:
थप राजनीति