नेभिगेशन
सोमबार, असोज २६, २०८३

हिमाली तथा पहाडी क्षेत्रमा छिटपुट वर्षाको सम्भावना

काठमाण्डौ – अबको तीन दिन देशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

पर्सि बुधबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईका धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । 

प्रकाशित मिति:
थप समाज