नेभिगेशन

जुम्लामा जीप दुर्घटना हुँदा चालक र सहचालककाे ज्यान गयाे

जुम्ला - जुम्लाकाे नाग्म-गमगडी राजमार्ग अन्तर्गत कनकासुन्दरी-४ ठगुनेरामा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ ।

जुम्लाकाे गुठीज्युलाबाट मुगुका लागि छुटेकाे भे १ ज १०९९ नम्बरको जीप आज बिहान दुर्घटना हुँदा चालक र सहचालककाे ज्यान गएकाे हाे । दुर्घटनामा चालक मुगुको छायानाथ रारा नगरपालिका–५ का अविराज कार्की र सहचालक त्यही ठाउँकै रुपबहादुर रावलको ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

 

जीप सडकबाट तल खसेकाे थियाे । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज