नेभिगेशन

भूकम्प पीडितलाई जुम्लाबाट ३६ लाख ६ हजार रुपैयाँ सहयोग

जुम्ला - भूकम्प पीडितलाई राहातका लागि जुम्लाका पालिकाले ३६ लाख छ हजार रुपैयाँ सहयाेगकाे घाेषणा गरेका छन् । 

पालिकाहरुले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमका पीडितहरुलाई राहात तथा पुनर्स्थापनाको लागि सहयोग रकमको घोषणा गरेका हुन् ।  जुम्लाको गुठीचौर गाउँपालिकाले १० लाख ‍५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

तातोपानी गाउँपालिकाले जाजरकोट र रुकुमका भूकम्प पीडितलाई राहत स्वरुप १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

भूकम्प पीडितका लागि चन्दननाथ नगरपालिकाले पाँच लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने भएकाे छ ।  यसैगरी जिल्लाको पातारासी गाउँपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ । तिला गाउँपालिकाले तीन लाख रुपैयाँ भूकम्प पीडितको राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने जनाएकाे छ । 

यस्तै, जिल्लाको सिँजा गाउँपालिकाले एक लाख र कनकासुन्दरी गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गर्ने सूचना जारी गरेका छ्न् ।

 

प्रकाशित मिति:
थप समाज