धनकुटाका किसानका छोराको बिहेमा जहाज चार्टर !

 फागुन ३०, २०७५ बिहिबार १८:४८:३९ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – सामान्यतया एउटा विवाहमा न्यूनतम कति खर्च हुन सक्छ होला ? अनुमान गर्न सकिन्छ कि ५० हजार, एक लाख, दुई लाख, तीन लाख । तर धनकुटा महालक्ष्मीका एक कृषकले छोराको विवाहमा दुई वटा प्लेन नै चार्टर गर्दा प्लेन र गाडी भाडामा मात्र ७ लाख ५० हजार खर्च गरेका छन् ।

महालक्ष्मी नगरपालिका–८ मुर्तिढुंगा नेता चोकका नगेन्द्र थापाले विवाहमा दुई वटा प्लेन चार्टर गरेर एकमात्र छोरा दिनेश थापाको विवाह सम्पन्न गरेका छन् । बुबा नगेन्द्र र आमा लक्ष्मीमाया कार्की थापाको एकमात्र सुपत्र २९ वर्षीय दिनेश थापाको काठमाण्डौ ठमेल निवासी प्रज्ञा सुवेदीसँग फागुन २९ गते हिन्दू परम्पराअनुसार भव्य विवाह गरिदिएका छन् ।

विवाहमा काठमाण्डौ जन्ती जाँदा आउँदा सीता एयर र बुद्ध एयर चार्टर गरेर ७१ जना जन्ती गएको बेहुलाका बुबा नगेन्द्र थापाले बताउनुभयो । कृषि र व्यापार व्यवसाय गर्दै आएका थापाले छोराको विवाहमा विराटनगरसम्म प्लेनमा आउँदा जाँदा र विराटनगरबाट धनकुटासम्म गाडीमा यात्रा गर्दा झण्डै ७ लाख ५० हजार खर्च भएको थापाले बताउनुभयो ।

थापा दम्पत्तीका एक मात्र छोरा रहेका छन् । बीएस्सी गरेका थापाका छोरा दिनेशले अहिले सुनसरी टेक्निकल कलेजमा फार्मेसीमा एमएस्सी गर्दै छन् । उनी यस वर्ष फार्मेसीमा पूर्वाञ्चल टपर पनि हुन् ।

यता बुहारी प्रज्ञा सुवेदी भने काठमाण्डौमा नै लक्ष्मी बैंकमा काम गर्दै आएकी छिन् । गाउँका इष्टमित्रलाई कहीँ कतै भ्रमणमा लैजाने आफ्नो इच्छा पहिलेदेखि नै भएकोले गर्दा छोराको विवाहको अवसर पारेर प्लेन चार्टर गरेर काठमाण्डौ लगेर ल्याएको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले जन्ती लैजाँदा समाजका सबै उमेर समूह समेटेर समावेशी हिसाबले लगेँ ।’

तरकारीको राजधानी नामले चिनिने धनकुटाको सिधुवा बजार नजिक रहेका मुर्तिढुंगाका कृषक थापाको अहिले सिधुवा, हिले, धरानलगायतका विभिन्न शहरहरुमा निजी घरहरु रहेका छन् । उनी अहिले पनि अलैची कृषकको नामले परिचित छन् ।


 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया