पाल्पाको पूर्वखोलामा बोर्डिङ स्कुल बन्द, सामुदायिकमा अंग्रेजीमा पढाइ

 बैशाख ५, २०७६ बिहिबार १४:२०:३१ | देव पचभैया
unn.prixa.net

पाल्पा –  पाल्पाको पूर्वखोला गाउँपालिकामा एउटै शिक्षा प्रणाली लागु भएको छ ।

गाउँपालिकाभित्रका  ५ वटै निजी विद्यालय सामुदायिक विद्यालयमा गाभिएपछि अभिभावक पनि खुसी भएका छन् ।  गाउँपालिकामा रहेका ३७ सामुदायिक विद्यालयमध्ये नजिक पर्ने विद्यायलमा संस्थागत विद्यालय(बोर्डिङ) गाभिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा मगरले जानकारी दिनुभयो । 

‘गाउँपालिकाभित्र शैक्षिक एकरुपता ल्याउने हाम्रो उद्देश्य हो’, अध्यक्ष थापाले भन्नुभयो ‘यसबाट शिक्षाको गुणस्तर पनि वृद्धि हुने हाम्रो विश्वास छ ।’ संस्थागत विद्यालयमा अंग्रेजी र सामुदायिकमा नेपाली माध्ययमा पढाइ हुने गरी दुवै विद्यालयहरु एक भएको थापाले जानकारी दिनुभयो ।

संस्थागत विद्यालयका सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने, विद्यालयले लिँदै आएका भर्ना तथा मासिक शुल्कमा हाललाई वृद्धि नगर्ने, त्यहीँका शिक्षकले नै पठन पाठन गर्नेलगायतका विषयमा सहमति भई आफूहरु सामुदायिक विद्यालयमा गाभिएर पढाइलाई सुरु गरेको पूर्वखोला गाउँपालिका-४, मा रहेको चिराग एजुकेशनल बोर्डिङ्ग स्कुलका सञ्चालक मेहर सिंह थापाले जानकारी दिनुभयो । आफ्नो विद्यालय छिमेकी मातृभूमि माविमा गाभिएको भन्दै थापाले अब चिराग एजुकेशनल बोर्डिङ्ग स्कुलको नाम परिवर्तन भएर मातृभूमि मावि अंग्रेजी ब्लक रहने बताउनुभयो । 

सामुदायिक र संस्थागत विद्यालय एकै ठाउमा गाभिएपछि छोराछोरीलाई कुन विद्यालयमा पढाउने भन्ने चिन्ता हटेको पूर्वखोला गाउँपालिका ४ का बलबहादुर थापाले बताउनुभयो । देशैभरि विधार्थी भर्ना अभियान चलिरहेको बेला आफूलाई जस्तै गाउँपालिकाभरिका अभिभावकलाई पनि अन्यौलता हटेको थापाको भनाइ छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा बनेको प्राविधिक समूहको  अध्ययन र प्रस्तावअनुसार दुवै विद्यालयहरु एक ठाउँमा आएको पूर्वखोला गाउँपालिका, शिक्षा शाखाका प्रमुख मणि ज्ञवालीले जानकारी दिनुभयो ।  दुवै विद्यालय एकै ठाउँमा आएपछि सामुदायिक विद्यालयमा समेत अ्रग्रेजी माध्ययमा पढाइ सुरु भएको ज्ञवालीले बताउनुभयो ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया